Section 23
मुद्दा सर्ने
(१) यो ऐन प्रारम्भ हुँदाका बखत निजामती सेवा ऐन, २०४९ बमोजिम गठित प्रशासकीय अदालतमा दायर भई छिन्न बाँकी रहेका मुद्दाहरु यस ऐन बमोजिम गठित अदालतमा सर्नेछन्‌ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि अदालतको क्षेत्राधिकार अन्तर्गत पर्ने मुद्दा यो ऐन प्रारम्भ हुँदाका बखत कुनै निकाय वा अधिकारी समक्ष दायर भई कारबाही चलिरहेको रहेछ भने त्यस्तो मुद्दा सोही निकाय वा अधिकारीबाट अन्तिम किनारा लगाउनु पर्नेछ ।